भाद्र १७ गते, काठमाडौँ – नेपाल सरकार र इजरायल सरकारबीच जी टू जी बाट नेपाली युवालाई रोजगारीका लागि केयरगिभरमा इजरायल लैजाने भनेर २०८१/०३/११ मा वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्यो । जसअनुसार देशै भरि बाट हजारौं युवाहरु काठमाण्डौं आएर अङ्ग्रेजी भाषा परीक्षा दिए जसमा ४ हजार भन्दा बढी युवाहरुले अङ्ग्रेजी भाषा परीक्षा पास गरेर आवेदन दिएका थिए ।
विभागले आवस्यक मापदण्ड पूरा भएका ३४०० भन्दा बढी युवाहरुको नामवली इजरायल रोजगारी हेर्ने विभाग( पीबा) लाई भुझायो जसअनुसार २९ अगष्ट २०२४, बिहीबार पिबा हेडक्वाटर ,जेरुसेलमबाट इजरायलले २२०२ जनाको चिठ्ठा बाट अन्तिम नववाली तयार पारेको जानकारी गरायो।
नेपाल सरकारले पिबामा भएको चिठ्ठा प्रक्रियामा नेपालको असहमति रहेको भन्दै श्रममन्त्री सरद सिंह भण्डारीको प्रतिक्रिया २०८१/०५/१६ को हिमालखबर अनलाइनमा आए पछि आवेदन दिने युवाहरु आक्रोशित भएका छन।
इजरायलले गरेको चिठ्ठाको नतिजा कुरिरहेका आवेदकहरु नतिजा कहिले सार्वजनिक हुन्छ भन्दै व्यग्र प्रतीक्षामा थिए । नतिजा प्रकाशन गर्नुको सट्टा श्रम्मन्त्रीले नै सञ्चार माध्यममा प्रक्रियाको विरुद्धमा प्रतिक्रिया दिएको समाचार आएपछि युवाहरु आक्रोसित भएका हुन्।
आवेदक मध्येका चेतन केसी भन्नु हुन्छ सरकारले हामी बेरोजगार युवालाई जिस्काउने काम बन्द गर्नुपर्छ अन्यथा यसको मूल्य सरकारले चुकाउनु पर्छ यस अगाडि दक्षिण कोरियाको रोजगारी सम्बन्धमा बालकुमारीमा त्यत्रो धनजनको क्षति भएको सरकारले बिर्सेको हो? सरकार र वैदेशिक रोजगार विभागले चाँडो भन्दा चाँडो यस विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्यो ।अन्यथा हामी आवेदकहरु आन्दोलनका लागि तयारी अवस्थामा रहेको र हामी एस्तै अन्योल शुक्रबार सम्म कायम रहे विभाग घेराउ गर्न जान्छौ उहाँले भन्नुभयो।
आवेदक मध्येका अर्का तिर्थ लामा भन्नुहुन्छ यो प्रक्रिया पूरा गर्न हामीले १ लाख बढी खर्च गर्नुपरेको छ । अङ्ग्रेजी भाषाको परीक्षा बिट्रिस काउसिल लाई दिएकाले भाषा परीक्षा पास गर्नका लागि देशका भिन्न ठाउँबाट आएर कोठा भाँडा लिएर होस्टेलमा बसेर तयारी गर्नुपर्यो ।उहाँ थपनुहुन्छ हामी बेरोजगारीले आक्रान्त युवालाई सरकारले रोजगारको लोभ देखाएर राजश्व संकलन मात्र गर्न खोजेको जस्तो देखियो । सरकारले हामीलाई तुरुन्त रोजगारीको व्यवस्था गर्नुपर्यो की हामीलाई यो प्रक्रिया टुङ्ग्यादिनु पर्यो हैन भने सरकारका लागि यो महंगो पर्ने छ ।
नाम नखुलाउने सर्थमा एक जना आवेदक भन्नुहुन्छ बजारमा अस्ति देखि बिचौलिया र विभागका कर्मचारीले पैसा उठाएको प्रमाणहरू देखिएका थिए इजरायलबाट लक्कीड्र भयो सबैले थाहापाए यसैले यो प्रक्रिया भाड्न लागिपरेको देखियो यसमा मन्त्रालय र विभागका कर्मचारीको संलग्नता भएको आशंका छ ।
अर्का आवेदक रोम कुमारी बडाल(गौतम) भन्नुहुन्छ इजरायलमा समस्या छ भन्ने कुरा समाचारहरुमा आइरहेको छ साच्चैनै समस्या हो भने सरकारले सुरु गरेको प्रक्रिया पूरा गरोस् कम्तीमा चुनिएकाहरुको सूची सार्वजनिक गरोस् परिस्थिति अनुकूल भएपछि पठाए भैगयोनी हामी आवेदकलाई पनि ढुक्क हुन्छ । सरकारले अन्योल्तालाई छिटो भन्दा छिटो समाधान गरोस् भन्ने हाम्रो भनाइ हो ।
अहिले बेरोजगारी अभावले आक्रान्त आवेदक युवालाई सरकारले समयमानै सुरु गरिएको प्रक्रिया सम्बन्धमा आवेदकको आसन्खालाई सम्बोधन नगमरेमा यसले परिस्थिति बिगार्न सक्ने कुरा नकार्न सकिन्न ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क