भाद्र २९ गते, काठमाडौं – नेपालमा बहुदलीय प्रणालीको अभ्यास विसं २०४६ साल पछि सुरुवात भए पश्चात धेरै राजनीतिक दल दर्ता भएका छन् । बहुदलीय व्यवस्थाले ३५ वर्ष पार गर्दै गर्दा हाल नेपालमा ११९ राजनैतिक दल औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएका छन् केही व्यवस्थाको विरोध गरेर दल दर्ता नगरिकन पनि राजनीतिमा सक्रिय रहेको पनि पाइन्छ ।
नेपालमा विचारधारा र पार्टीको राजनैतिक सैद्धान्तिक दस्तावेजमा फरक राजनीतिक दल देखिए पनि व्यावहारिक रूपमा दलहरु बीचमा खासै भिन्नता देखिएको छैन।
बहुदलीय व्यवस्थाको ३५ वर्षको अवधिमा धेरै राजनीतक घटना क्रम विकास भए देशले १० वर्षे ध्वंसात्मक आन्दोलन व्यहोर्नु पर्यो । कुनैपनि राजनीतिक पार्टीले पूर्ण कार्यकाल सरकार चलाउन सकेनन् । पार्टीहरू सधैं अस्थिर रहने टुटफुट भइरहने कुनैपनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसक्ने हासिल गरेपनि नटिक्ने एउटै पार्टी भित्र पनि एकले अर्कालाई नसुईकार्ने कारण सरकार र राजनीति सधैं अस्तिर रहिरह्यो ।
अस्थिर राजनीतिका कारण आक्रान्त जनताले विकल्पको खोजी गरिरहेका थिए। यो अवस्थालाई बुझेका र नेपाली जनतालाई चिनेका केही युवाले २०७८ को स्थानीय चुनावमा स्वतन्त्र उमेद्वारी दिए जनताले आफ्नो आक्रोश अन्तत स्वतन्त्रलाई मतदिएर व्यक्त गरे ।
स्थानीय चुनावमा जनताले विकल्प खोजेको र यही अवसरमा राजनीतिक दल दर्ता गरेमा सफल हुने आँकलन गरेर केही युवाहरुले २०७९ को चुनावमा दलनै दर्ता गरी चुनावमा भाग लिए । विकल्पको खोजीमा रहेका जनताले मत परिवर्तन गरेर देखाइदिए पनि ।
निर्वाचनको समयमा नयाँ राजनीतिक दल र स्वतन्त्रको नारानै पुराना राजनीतिक दल र नेताको चर्को बिरोध गर्नु थियो । मुख्य नारा भष्ट्राचार र अनियमितताको भण्डारफाेर थियो जसलाई जनताले केहीहद सम्म अनुमोदन पनि गरे ।
निर्वाचनको मत परिणाम आएपछि अवस्थामा परिवर्तन देखियो । नयाँ राजनीतिक दल जो हिजो पुराना राजनीतिक दल र तिनका वृद्ध नेता र भष्ट्रचारको विरोध गरेर शक्ति आर्जन गरे उनीहरुनै पुराना राजनीतिक दल र नेता सँग साँठगाँठ गरेर सत्तामा आसिन हुन पुगे । सत्तामा हुँदा उनीहरूले हिजो जनतासँग गरेको बचा र उनीहरूको देश परिवर्तन गर्ने प्रतिवद्धता झुटो आश्वासनमा परिणत भयो । बोली र व्यहारमा पूर्ण भिन्नता देखियो ।
पुराना राजनीतिक दलका नेताले आफू प्रत्यक्ष्य संलग्न भएर अनियमिता र पदीय मर्यादा विपरित काम गरेको विरलै पाइन्छ । तर नयाँ राजनीतिक दल र तिनका नेता भने प्रत्यक्ष्य आफैं विभिन्न घटनामा जोडिएको पाइयो । मन्त्री बन्नका लागि पैसा उठाउने,सहकारीको रकम अपचलन प्रकरण, नागरिकता पासपोर्ट दुरुपयोग प्रकरण र नागरिकलाई अमेरिका लैजाने प्रकरण जस्ता प्रकरण हरुलाई हेर्ने हो भने पुराना राजनीतिक दल र तिनका नेताले वर्षौं लगाएर घटाएका घटना नयाँ दल र तिनका नेताले एक दुई वर्षमा नै घटाएको देखिन्छ ।
स्थानीय निकायमा निर्वाचित स्वतन्त्रहरुले पनि आफ्नो पालिकामा पर्याप्त सुसासन र विकासमा आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको उल्टै विदेशीहरुसंग साँठगाँठ गरेको आरोप खेपिरहेको देखिन्छ ।
निष्कर्षमा भन्नुपर्दा नेपालमा पुराना राजनीतिक दलको विकल्पमा आएका नयाँ राजनीतिक दल र तिनका नेताले पनि नेपालको आमूल परिवर्तनका लागि योगदान दिने भन्दा पनि आफ्नो दाउपेज र व्यतिगत स्वार्थ लाई नै महत्त्व दिएको देखिन्छ। नेपालमा दल नयाँ भन्दा पनि भएका पुराना र ठूला राजनैतिक दल भित्र ठूलो परिवर्तनको आवश्कता रहेको र यसको नेतृत्व युवा पुस्ताले लिनुपर्ने देखिन्छ।जम्मा १८०८८९८३ मतदाता भएको देशमा राजनीतिक दल मात्रै थपेर विकल्प तयार हुने कुरामा विश्वस्त हुन सक्ने स्थिति देखिँदैन ।