२०८१ आश्विन २५ शुक्रबार
11 October 2024, Friday
Menu
 

हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट इजरायलले गराएको लेबनाको दाबी

हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट इजरायलले गराएको लेबनाको दाबी

असोज ५ गते काठमाडौं – मङ्गलबार र बुधबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरण ‘पेजर’ र ‘वाकी–टकी’ विस्फोट हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो भने करिब ३ हजार जना घाइते भएका थिए ।

विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए भने कोही सडकमा हिँडिरहेका थिए ।लगातारको विस्फोटको लहरले देशमा आतङ्क निम्त्याएको थियो ।

लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् र लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि बुबी–ट्र्याप जडान गरिएको बताएका छन् ।

हेजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ र विस्फोटको आफ्नै आन्तरिक अनुसन्धान पनि सुरु गरेको छ ।

सुरक्षा परिषदमा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको अभूतपूर्व तरिकाको रूपमा व्याख्या गर्नुभएको छ ।

“इजरायलले यस आतङ्कवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारभूत सिद्धान्तको उल्लङ्घन गरेको छ”, उहाँले भन्नुभयो ।

उता इजरायलले भने उपकरण विस्फोटबारे कुनै टिप्पणी गरेको छैन ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार बेरुतमा इजरायली आक्रमणपछि लेबनान–इजरायल सीमामा बढेको तनावबारे राष्ट्रसङ्घ चिन्तित रहेको बताउनुभयो । उहाँले सबै पक्षलाई अधिकतम संयतता अपनाउन आह्वान गर्नुभएको छ ।

“अन्तर्राष्ट्रिय मानवीय कानुनले स्पष्ट रूपमा बुबी–ट्र्याप उपकरणको प्रयोगलाई निषेध गर्दछ”, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले अल्जेरियाले अनुरोध गरेको लेबनानमा आपत्कालीन सत्रमा सुरक्षा परिषदमा भन्नुभयो ।

यस घटना बारे राष्ट्रसंघले प्रतिक्रिया दिदै युद्ध अपराध हुन सक्ने बताएको छ।“नागरिकहरूमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो”, राष्ट्रसंघले “स्वतन्त्र र पारदर्शी” अनुसन्धानका लागि जोड दिएको छ। रासस/एएफपी को सहयोगमा

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?