२०८१ माघ ५ शनिबार
18 January 2025, Saturday
Menu
 

उपत्यकाका सबै कार्यकर्ता किन भेला गर्यो आकस्मिक रुपमा रास्वपाले ?

उपत्यकाका सबै कार्यकर्ता किन भेला गर्यो आकस्मिक रुपमा रास्वपाले ?

असोज ६ गते, काठमाडौं -काठमाडौं उपत्यकाका कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालयमा आकस्मिक रुपमा भेला गरेको छ ।

स्रोतका अनुसार रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गर्दै म्यासेज गरेको बुझिएको छ।

रास्वपाका सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा रहेको बुझिएको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको बुझिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरे पछि लामिछाने पनि पक्राउ पर्ने रास्वपाको बुझाइ छ ।

रास्वपाले म्यासेजमानै सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएर कार्यकर्ता माझ सर्कुलर गरेको पाईएको छ । सहकारी ठगी प्रकरणमा आफ्ना सभापति मुछिएको बारे चाहिँ रास्वपाले बोलेको छैन ।

समितिले कार्बाही सिफारिस गरेका छविलाल जोशी लाई पक्राउ गरेसँगै सभापतिलाई पक्राउ गरे कुन तरिकाले प्रतिकार गर्ने भन्ने विषयमा कार्यकर्ता बीच एकरूपता र संगठित प्रतिवाद गर्न तयार पार्ने हिसाबले भेला बोलाएको बुझ्न कठिन छैन ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love