असोज ८ गते, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्नुभएको छ ।
आज बिहान प्रचण्ड निवास पुगेर मिश्रले प्रचण्डलाई भेट्नुभएको हो । भेटका क्रममा प्रचण्डले देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताउनुभएको छ । र, त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताउनुभएको छ ।
प्रचण्डले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको मिश्रले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ।
मिश्रका अनुसार अब यही अवस्थामा देश नचल्ने बताउँदै प्रचण्डले ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसकेको बताउनुभएको जानकारी दिनुभयो ।
प्रचण्डले पञ्चायतकालमा धेरै राम्रो काम भएको महुसुस भएको र राजा महेन्द्रलाई भिजनरी राजा रहेछन् भन्ने थाहा पाएको बताएको मिश्रको दाबी छ ।
प्रचण्डले देशमा विदेशीको चरम हस्तक्षेप भएकोसमेत स्वीकार गरेको मिश्रले बताउनुभएको छ ।
प्रचण्डले भन्ने गरेको ‘निरन्तरतामा क्रमभंगता’ भनेको अब राज संस्था पुनर्स्थापना नै हो त? अहिलेको नेपालको राजनीतिमा प्रचण्डले भन्ने गरेको प्रतिक्रिया वादी पश्चगामी शक्ति हिजो संविधान निर्माणमा सरिक भएका राजनीतिक दल र तिनका नेता नै हुन् त?अधिकांस समय गणतन्त्रको शासन सत्ता सञ्चालनमा सहभागी माओवादी अध्यक्ष प्रचण्ड र उहाँको पार्टीले देश परिवर्तन गर्न गरेको योगदान के त? यावत् प्रश्नको उत्तर र प्रचण्डको अबको राजनीतिक यात्रा बारे जनमानसमा जिज्ञासा उत्पन्न भएको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क