२०८१ आश्विन २५ शुक्रबार
11 October 2024, Friday
Menu
 

प्रचण्ड राजसंस्था पुनर्स्थापना गर्ने सन्दर्भमा नरम देखिएकैहुन् त?

प्रचण्ड राजसंस्था पुनर्स्थापना गर्ने सन्दर्भमा नरम देखिएकैहुन् त?

असोज ९ गते, काठमाडौं – पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरु सँग छलफल गरेको समाचार आइरहेका छन्। जनमानसमा राजसंस्था फाल्नका लागि महतत्वपूर्ण भूमिका खेल्ने आन्दोलनको नेतृत्व गर्ने पार्टी र त्यसका अध्यक्ष भएको बुझाइ छ । उनका यस्ता छलफल लाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डका राजावादीहरु सँगको भेटलाई लिएर सामाजिक सञ्जालमा आफ्नो टिप्पणी सार्वजनिक गरेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् डा. भट्टराईले आफ्ना पूर्वसहकर्मी प्रचण्डले राजतन्त्रप्रति नरम अभिव्यक्ति दिएको रवीन्द्र मिश्रको दाबीलाई लिएर प्रतिक्रिया दिएका हुन् । ‘माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ अहिले बिरालो म्याँउ गरेकै हो, किनकि प्रचण्डको वास्तविकता त्यही हो,’ उनले भनेका छन् ।

बाबुरामको टिप्पणीको आशय प्रचण्ड पहिले देखिनै राजसंस्था सँग नरम थिए र उनी सत्ताका लागि पुनः त्यता ढक्कन सक्छन् भन्ने संकेत गरेको बुझ्न कठिन छैन ।

युद्धताका माओबादीभित्र प्रचण्ड र बाबुराम भट्टराईबीच राजतन्त्रसँग सहकार्य गर्ने कि संसदवादी दलसँग सहकार्य गर्ने भन्ने बारेमा चर्को विवाद थियो । भट्टराईले संसदवादी दलसँग मिलेर राजतन्त्रविरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने र प्रचण्डले राजतन्त्रसँग मिलेर संसदवादीविरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने लाइनका पक्षमा वकालत गरेको माओवादीकै कतिपय शीर्ष नेताहरूले बताउँदै आएका छन् । यहीक्रममा तत्कालीन संस्थापन अर्थात् प्रचण्ड पक्षलाई राजापरस्तको आरोप लाग्ने गरेको थियो ।

मंगलबार बिहानको भेटमा मिश्रले प्रचण्डको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिए, म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।’

भट्टराईले ‘गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट नभएर नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको’ उल्लेख गरेका छन् । उनले चेतावनीको शैलीमा भनेका छन्, ‘केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्, खोस्न दिनु हुँदैन !’

बाबुराम प्रचण्डका सहकर्मी र हिजो माओवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अन्तरसंघर्ष गरेका र प्रचण्ड लाई नजिकबाट चिनेका पात्र पनि हुन । अहिले माओवादी आन्दोलन छिन्न विन्न भएको अवस्था र अब एमाले कांग्रेस लगायत अन्य राजनीति शक्ति सँग मिलेर सत्तामा जान नसक्ने परिस्थिति विकास भएकाले अब राजावादी सँग मिलेर भएपनि शक्ति आर्जन गर्ने योजनामा प्रचण्ड रहेको भट्टराईको टिप्पणी आशय बुझ्न कठिन छैन।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?