काठमाडौँ —वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन सेवा केन्द्रका लागि छनोट भएका नेपाली सहायक श्रमिकको नतिजा सोमवार सार्वजनिक गरेको छ ।
इजरायल सरकारले लक्की ड्र मार्फत छनोट गरेको २१ सय १२ जनाको नामवली सार्वजनिक गरेको हो । जसमा महिला ११५६ र पुरुष ९ सय ५६ जना रहेका छन् ।
विभागका इजरायल शाखाका प्रमुख गिरिराज ज्ञवालीले श्रम मन्त्रालयको छानविनमा कैफियत देखिएका उम्मेद्वारलाई हटाई इजरायलबाट नामवाली प्राप्त भएको वताए । अब छानिएका श्रमिकको स्वास्थ्य परिक्षण फिट भएपछि थप प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ ।
बिभागले नेपाल र इजरायलवीच भएको श्रम सम्झौता अनुसार छनोट प्रक्रिया अगाडि बढाइएको हो । इजरायलको लागि झन्डै चार हजार जनाले आवेदन दिएका थिए । जसमा तीन हजार चारसय ६१ जनाको सुची इजरायल पठाएको थियो । त्यसबाट लक्की ड्र गरिएको हो ।कान्तिपुर