२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

विजया दशमी २०८१: टीकाको साइत कुन देशमा कतिबेला ?

विजया दशमी २०८१: टीकाको साइत कुन देशमा कतिबेला  ?

असोज २२ गते,काठमाडौं -अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले २०८१ सालको बडा-दशै (विजया दशमी) को नेपालसहित ३२ देशका लागि टीकाको साइत सार्वजनिक गरेको छ।

हरेक देशको स्थानीय पञ्चाङ्ग अनुसार एकै प्रकृतिको मुहूर्त फरक समयमा हुने गर्छ। नेपालमा शुभ-मुहूर्त भएको बेला अस्ट्रेलिया,बेलायत र अमेरिका वा अन्य देशहरूमा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसै कारण स्थानीय पञ्चाङ्गबाट मात्र शुभ-मुहूर्त को ज्ञान लिन सकिन्छ। नेपालको पञ्चाङ्ग र समय नेपालको लागि मात्र उपयोगी हुन्छ।

विदेशमा बस्ने नेपालीहरुले नेपालको स्थानीय पञ्चाङ्ग अनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८१ सालको बडा दशैंमा विभिन्न देशका लागि टीका ग्रहण गर्ने शुभ साइत निर्धारण गरेको छ। विजया दशमीका दिन बिहान पूजा बिसर्जन गरी देवीको प्रसाद स्वरूप टीका र जमरा लगाउने चलन छ।

अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्वारा यही २०८१ असोज १३ गते सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको अनुसार यस समितिको २०८१/०६/११ गते बसेको बैठकको निर्णय अनुसार विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमीको टीका साइतबारे जिज्ञासा राखिएकाले देहाय देशहरूमा निम्न अनुसारको साइत जुरेको ब्यहोरा विज्ञप्ति मार्फत जानकारी गराइएको जनाइएको छ ।

समितिले दिएको साइत अनुसार नेपालको काठमाडौंका लागि असोज २६ गते बिहान ११:३६ बजेको साइत शुभ रहेको छ।

यसैगरी भारतको दिल्लीका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्यांकफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ।

यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:२७ बजेको साइत उत्तम रहेको जनाइएको छ।

टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११:३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११:२५ बजेको साइत शुभ रहेको समितिले जानकारी दिएको छ।

लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०:२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०:२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०:२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०:१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११:५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११:४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११:०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११:२१ बजेको साइत शुभ रहेको समितिले जनाएको छ।

त्यसैगरी सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९:१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९:१६, सिंगापुरका लागि १२ अक्टोबर बिहान ११:४५, हङकङका लागि १३ अक्टोबर बिहान ११:४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११:२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११:२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११:५५ र माल्टामा १२ अक्टोबर बिहान १०:४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिले जानकारी दिएको छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको संख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको बुझिएको छ।

श्रोत : अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिको सहयोगमा

Spread the love