असोज २८ गते,काठमाडौं-अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने भएको छ । इरानले अप्रिल १३ र अक्टोबर १ मा गरेको अभूतपूर्व आक्रमणपछि इजरायलको हवाई प्रतिरक्षालाई बलियो बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो ।
पेन्टागनका प्रेस सेक्रेटरी मेजर जनरल प्याट्रिक राइडरले आइतबार एक विज्ञप्तिमा अमेरिकाले मध्यपूर्वमा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) ब्याट्री तैनात गरेको यो पहिलो पटक नभएको बताएका छन् ।
यसअघि सन् २०१९ मा पनि अभ्यासका लागि इजरायलमा यो तैनात गरिएको उनले बताएका छन् ।
इजरायल र इरान बीचमा तनाव बढेका बेला अमेरिकाले एन्टी मिसाइल प्रणाली र त्यसको सञ्चालनका लागि एकसय सैनिक पठाउन लागेको हो । इजरायलले जवाफी आक्रमण गर्दा दुई देशबीच द्वन्द्व चर्किनसक्ने ठानिएको छ ।
इरानले अक्टोबर एक मा गरेको आक्रमणको बदला लिने तयारी इजरायलले गरेको छ । यसका लागि अमेरिका र इरानबीच छलफल भइरहेको बताइएको छ ।
थाड ब्याट्री खासगरी एन्टी ब्यालेस्टिक मिसाइल प्रणाली हो । यसले इरानले प्रतिक्रिया दिएको अवस्थामा इजरायलको वायु रक्षालाई प्रभावकारी बनाउने ठानिएको छ । सिएनएनको सहयोगमा