२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

हिजबुल्लाहले इजरायलमा गर्‍यो १६५ रकेट प्रहार, एक बालकसहित सात घाइते

हिजबुल्लाहले इजरायलमा गर्‍यो १६५ रकेट प्रहार, एक बालकसहित सात घाइते

कार्तिक २७ गते,काठमाडौं-हिजबुल्लाहले सोमबार इजरायलमा १६५ भन्दा बढी रकेट प्रहार गरेको छ । इजरायलको उत्तरी सहर बिनामा भएको हमलामा एक बालकसहित सातजना घाइते भएका छन् ।

यसबाहेक यस हमलामा ग्यालिल सहरलाई पनि निशाना बनाइएको थियो । यहाँ ५५ रकेट प्रहार गरिएको थियो ।

हिजबुल्लाहले हाइफा सहरमा ९० रकेट प्रहार गरेको थियो । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार, हिजबुल्लाहले हाइफामा पहिलोपटक ८० रकेट प्रहार गरेको थियो । तीमध्ये अधिकांशलाई हावामा गोली हानेर खसालिएको थियो । दोस्रोपटक, १० रकेट प्रहार गरिएको थियो ।

हाइफामा आक्रमण भएको केही घण्टापछि आईडीएफले हिजबुल्लाहका रकेट लन्चरहरू नष्ट गरेको थियो । आक्रमणबाट इजरायली आवासीय भवनमा पनि क्षति पुगेको छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love