मङ्सिर ७ गते,काठमाण्डौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै केही युट्युबहरु जम्मा गरी पत्रकार सम्बेलन भन्दै एउटा नक्कली भिडियो (जुन प्रसाई आफैले करोड खर्च गरेर बनाएको भनेका छन्) सार्वजनिक गरेका थिए ।
ती कागजात ‘फर्जी’ रहेको भन्दै मङ्गलवार भक्तपुरस्थित निवासबाट प्रसाईँलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीविरुद्ध दुष्प्रचार गरेको आरोप प्रसाईँमाथि छ । बुधवार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति नै दिइसकेको छ ।
यता बुधवारै एमाले सहित अन्य ५ भन्दा बढी पार्टीका नेता कम्बोडिया प्रस्थान गरे । विशेष गरी एमालेको बागमती प्रदेशका इन्चार्ज समेत रहेका डा. राजन भट्टराई कम्बोडिया गएको कुरा दुर्गा प्रसाईको आरोप सँग जोडेर सामाजिक सञ्जालमा अफवाह फैलाउने प्रयास गरिएको देखिन्छ । प्रसाईँका समर्थक र प्रधानमन्त्री ओलीका आलोचकले यही प्रसङ्गलाई मसला बनाएर अहिले सामाजिक सञ्जाल तताइरहेको देखिन्छ ।
भट्टराईसँगै को-को गएकाछन् कम्बोडिया ?
एमालेको दाबीलाई मान्ने हो भने भट्टराईको कम्बोडिया यात्रा र प्रसाईँको आरोपबिच कुनै नजिकको साइनो छैन । बरु भट्टराई एक्लै पनि कम्बोडिया गएका छैनन् ।
भट्टराईसँगै एमालेका वर्तमान विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि साथमा छन् । यस्तै नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटा, जनमत पार्टीका अध्यक्ष सिके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेल पनि साथमा छन् । राप्रपा नेता पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका ससुरा एवं रवि पत्नी निकीताका बुबा हुन् ।
यी सबै नेताको टोली कम्बोडियामा हुन लागेको इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलटिकलन पार्टीज(आइसिएपिपी)को १२ औँ महाधिवेशनका लागि गएका हुन्। भट्टराई आइसिएपिपीको स्थायी समिति सदस्य समेत रहेको एमालेले जनाएको छ ।
भट्टराईले आफू कम्बोडिया यात्रामा निस्किएपछि प्रसाईँले लगाएको आरोपसँग जोडेर अनेक शङ्का–उपशङ्का गर्दै आलोचना सुरु भएपछि खण्डन हुने गरी केही तस्बिर समेत सार्वजनिक गरेका छन् । कम्बोडिया विमानस्थल पुगेर बिहीबार बिहान उनले फेसबुकमा आइसिएपिपी सम्मेलनमा सहभागी हुन पुगेका नेपाली नेताबारे जानकारी दिन खोजेका छन् ।
नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईसहितको टोली कम्बोडिया प्रस्थान गरेको छ। एमालेले आज काठमाडौंमा गर्ने भनिएको जनसभाका संयोजक समेत रहेका भट्टराई कार्यक्रमको अघिल्लो दिन नै कम्बोडिया पुगेका हुन्।
कम्बोडियामा हिजोदेखि तीनदिनसम्म चल्ल्ने एसियन पोलटिकल पार्टी (आइसिएपीपी)को १ सम्मेलन आइक्यापमा भाग लिन एमालेसहितका पाँच दलका नेताहरु कम्बोडिया पुगेको भट्टराईले जनाएका छन्।
सम्मेलनमा कांग्रेस नेतृ सुजता कोइरालासहितका नेताहरु सहभागी छन्। सोही कार्यक्रमका लागि सभामुख देवराज घिमिरे पनि आज जाने कार्यक्रम तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। सम्मेलनमा विभिन्न मुलुकका संस्कृति, शान्ति र सामाजिक संजालको उपयोग लगायत विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको कम्पनीमा अरबौं रुपैयाँ लगानी गरेको भन्ने हल्ला चलिरहदा एमाले नेता भट्टराईको कम्बोडिया भ्रमणलाई लिएर विरोधीहरुले भने प्रश्न उठाएका छन्।
प्रश्नको जवाफ दिदै नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस्, नेपालका ५ भन्दा बढी दलका १३ नेता सम्मेलनमा जान लागेका छौ थप केही भन्नु पर्छ?’ उनले अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागी हुनुपर्ने भएकोले त्यसतर्फ गएको प्रष्टिकरण दिएका छन्।
उनका अनुसार मंसिर ७ गते हुने जनसभा कार्यक्रमको जिम्मेवारी नेता कैलाश ढुङ्गेललाई दिएको छ । एमालेले आज राजधानीको दरबारमार्गमा एक लाख कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क