२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

धितोपत्र बोर्डले पायो नयाँ नेतृत्व

धितोपत्र बोर्डले पायो नयाँ नेतृत्व

काठमाडौँ, मङ्सिर ११ गते । करिब एक वर्षपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनोट भएका पाँच उम्मेदवारमध्ये सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो । अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

बोर्डको अध्यक्षमा नियुक्त श्रेष्ठ व्यवसायी हुनुहुन्छ । स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ बुटवलमा बस्दै आउनुभएको छ । काठमाडौँ विश्वविद्यालयबाट एमबिए उत्तीर्ण श्रेष्ठले स्वाभिमान लघुवित्त र नेपाल एक्सप्रेस फाइनान्सको अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बसेर काम गरिसक्नुभएको छ ।

तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि २०८० पुस २१ गतेदेखि बोर्ड नेतृत्वविहीन थियो । बोर्ड नेतृत्वविहीन बन्दा प्राथमिक सेयर निष्कासन (आइपिओ), थप निष्कासन प्रक्रिया (एफपिओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया ठप्प छ  । बोर्डका अनुसार शुक्रबारसम्म ७७ वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले ४४ अर्ब ७५ करोड ४६ लाख रुपियाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यस्तै ऋणपत्र, हकप्रद, एफपिओलगायत धितोपत्र जारी गर्न परेको आवेदन दिने कम्पनीहरूको सङ्ख्या पनि ११ महिने अवधिमा चुलिएका छन् ।

धितोपत्रसम्बन्धी ऐन २०६३ मा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनोट गरेर अन्तिम निर्णयका लागि मन्त्रीपरिषद्मा पठाउने व्यवस्था रहेको छ । सोहीअनुसार समितिले सिफारिस गरेका तीन जनाबाट मन्त्रीपरिषद्ले श्रेष्ठलाई अध्यक्षका लागि छनोट गरेको हो ।

पहिलो चरणको अन्तर्वार्ताबाट छनोट भएका पाँच उम्मेदवारमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने आइतबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । पहिलो चरणमा छानिए पनि कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा चिरञ्जीवी चापागाईं सहभागी हुनुभएन ।

परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत

सरकारले परराष्ट्रमन्त्री डा. आरजु राणाको चीन भ्रमण स्वीकृत गरेको छ । मन्त्रीपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि मङ्सिर १३ देखि १५ गतेसम्म चीन भ्रमणमा जान लागेको उहाँले बताउनुभयो ।गोप

Spread the love