२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

इजरायली राजदूत र श्रम मन्त्री भण्डारी बीच भेटवार्ता के कुरामा छलफल भयो

इजरायली राजदूत र श्रम मन्त्री भण्डारी बीच भेटवार्ता के कुरामा छलफल भयो

मङ्सिर १२ गते,काठमाडौं–श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ।

आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन केयरगिभरका रुपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालय श्रोतले जनाएको छ । 

मन्त्रालय स्रोतका अनुसार मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा पनि नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा, तालिम,स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिएको छ।

राजदूत बासले नेपाली कामदार केयरगिभिरका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरु लाई क्रमशः लैजाने जानकारी गराएको बुझिएको छ। उनले नेपाली कामदारहरुलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजान सकिने बताएका छन्। 

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाईमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए छन् ।

सरकारले गत असारमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार अर्थात् ‘केअरगिभर’का रूपमा जान इच्छुक नेपाली नागरिकसँग आवेदन माग गरेको थियो।

जीटूजी’अन्तर्गत छनोट हुने १००० कामदार सेक्टेम्बर को अन्त्य सम्ममा लैजाने तालिका विज्ञापन गर्दाका बखतनै सार्वजनिक गरे तापनि इजरायल र हिजबुल्ला बीच युद्ध चर्के पछि रोकिएको प्रक्रिया अब अगाडिबढाउने तयारी गरिएको छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love