काठमाडौँ, मङ्सिर १६ गते । विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले शनिबार सार्वजनिक सूचना गरी यस्ता संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो ।
सूचना अनुसार मापदण्ड अनुसार विद्युत् प्रसारण लाइन तथा वितरण लाइनको मुनि तथा दायाँबायाँ रहेका संरचना हटाउनुपर्ने छ । सूचनामा विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोकेबमोजिममा प्रावधान पालना हुनुपर्ने उल्लेख गर्दै यस्तो प्रावधानको उल्लङ्घन भएको पाइएको महानगरले जनाएको छ । खास गरी घरटहरा विद्यालय भवन ग्यारेज पर्खाल जस्ता संरचना प्रसारण लाइनमुनि बनेको पाइएको भन्दै महानगरले त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो । ३५ दिनको अवधि दिँदै जारी सूचनामा यस्ता संरचना आफैँ नहटाए महानगरले कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।
मापदण्ड अनुसार २३० केभीदेखि ११ हजार केभीसम्मको प्रसारण लाइनभन्दा १२५ मिटर र सोभन्दा माथिको क्षमताकोमा १.५ मिटर टाढा रहनुपर्ने प्रावधान छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क