मङ्सिर १९ गते,काठमाडौं – बीआरआई सम्झौतामा दुई मुलुकबीच हस्ताक्षर भएसँगै सोअन्तर्गत विभिन्न परियोजनाहरू चयन भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो। हस्ताक्षर भएसँगै फ्रेमवर्कभित्र विभिन्न दश परियोजना समावेश भएका छन्।
सहायता शब्द राखेर फ्रेमवर्कलाई दुवै मुलुकले हस्ताक्षर गरेपछि फ्रेमवर्कभित्र परेका परियोजनाहरू ऋण वा अनुदान कुन सहायतामा बन्ने हुन् भन्नेबारे केही खुलाइएको छैन।
बेइजिङमा बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए।
यी हुन् फ्रेमवर्कभित्र परेका परियोजना
१. टोखा-छहरे टनेल
२. हिल्सा-सिमिकोट सडक योजना
३. किमाथांका-खाँदबारी सडक र पुल
४. जिलोङ-केरुङ-काठमाडौं रेलमार्ग
५. अमरगढी सिटी हल प्रोजेक्ट
६. जिलुङ-रसुवागढी-चिलिमे २२० केभी प्रसारण लाइन
७. मदन भण्डारी प्राविधिक विश्वविद्यालय
८ .काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम
९. चीन-नेपाल औद्योगिक पार्क दमक
१०. झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स
नेपालले प्रस्ताव गरेको फ्रेम वर्कमा अनुदानमा बीआरआई कार्यान्वयन गर्न सकिने उल्लेख थियो। तर, चीनले अनुदानमा मात्र बीआरआई कार्यान्वयन गर्न नसकिने भन्दै नेपालको प्रस्ताव अस्वीकार गरेको थियो। दुई पक्षीय सघन वार्तामा फ्रेम वर्कमा नेपालले लेखेको अनुदान शब्दलाई हटाएर सहायता शब्द राख्ने सहमति जुटेसँगै हस्ताक्षर भएको हो।
बीआरआई परियोजनाअन्तर्गत ऋण समेत लिन सकिने गरी फ्रेम वर्कमा दुई पक्षले हस्ताक्षर गरेका हुन्। हस्ताक्षरसँगै नेपालले कुनै पनि चिनियाँ परियोजनामा ऋण/सहायता दुवै लिन बाटो खुलेको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क