२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

गगन देउवा सबालजबाफ कस्ले के भने

गगन देउवा सबालजबाफ कस्ले के भने

मङ्सिर २२ गते, विराटनगर-शनिबार विराटनगरमा पार्टीको कोसी प्रदेश समिति सम्मेलन उद्घाटन कार्यक्रममा आफ्नो सम्बोधनका क्रममा महामन्त्री गगन थापाले सभापतिले कम बोल्ने भएकाले आफूले समय लिएको बताएका थिए । त्यसबारे देउवाले गगनलाई लक्षित गर्दै भने‘बढी बोल्ने मानिस आफू सकिने तर कम बोल्नेले अरूलाई सक्ने’भन्दै ठट्यौली पारामा जवाफ दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै सभापति देउवाले बीआरआई सम्झौता सुझबुझपूर्ण ढंगबाट गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो । ओली जीले त्यही ढंगले सम्झौता गर्नुभयो । हामीले अब धेरै ऋण लिएर परियोजना चलाउने अवस्था नभएको भनेको हो ।”

नेपालले विकासका निम्ति एडीबी, आईएमएफलगायत अन्तर्राष्ट्रिय दातृनिकायसँग ऋण लिएको/लिने गरेको तर अब धेरै लिन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

सभापति देउवाले वर्तमान सरकार स्थायित्वका निम्ति बनाइएको उल्लेख गर्नुभयो । दुई ठूला पार्टी मिल्दा स्थायित्व हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

सरकारको बचाऊ गर्दै उहाँले भन्नभयो “ओलीजीले राम्रो काम गर्नुभएको छ” राम्रोलाई राम्रो भन्नुपर्छ । बीआरआई पनि राम्रो सहमति भएको छ । अब यो गठबन्धन पूरा समयसम्म रहन्छ । समस्या भए छलफल हुन्छ ।

प्रधानमन्त्रीको भ्रमणअघि चीनबाट बीआरआईको खाका आएपछि धेरै छलफल गरिएको र नेपालले प्रस्ताव गरेका विषय त्यसमा समेटिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले भनेकै कुरा हुनुपर्छ भन्ने चीन वा नेपालको कुरा भए पनि कतिपय विषय संशोधन भएका छन् ।”

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love