२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

सरकारले सार्वजनिक गर्‍यो बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)

सरकारले सार्वजनिक गर्‍यो बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)

मङ्सिर २५ गते,काठमाडौं-सरकारले गत साता चीनसँग गरेको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअप्रेसन’ सम्झौता सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले उक्त सम्झौता आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ ।

सम्झौतामा ६ बुँदा छन् । सम्झौताको पहिलो बुँदामा बीआरआई सम्झौताको पृष्ठभूमि छ । सहकार्यका सिद्धान्तलाई दोस्रो बुँदामा समेटिएको छ । तेस्रो बुँदमा सहकार्यका उदेश्य र चौथो बुँदामा सहकार्यका प्राथमिकतालाई स्थान दिइएको छ । पाँचौँ बुँदामा वार्ताका लागि पहिचान गरिएका परियोजना राखिएको छ भने छैटौँ बुँदामा सहकार्यका संयन्त्रलाई समेटिएको छ ।

चीन–नेपाल अन्तरदेशीय रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलोङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय विद्युत् प्रसारणलाइन, मदन भण्डारी युर्निभर्सिटी अफ साइन्ट एन्ड टेक्नोलोजी, काठमाडौं साइन्टिफिक सेन्ट एन्ड साइन्स म्युजियम, चीन–नेपाल फेन्डसिप इन्डस्ट्रियल पार्क र झापा स्पोर्टस एन्ड एथलेटिक्स कम्लेक्सलाई बीआरआई अन्तर्गत अघि बढाउने सूचीमा राखिएको छ ।

पूर्णपाठ हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोस
FRAMEWORK FOR BELT AND ROAD COOPERATION between the Government of Nepal and the Government of the People’s Republic of China
सामाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love