२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

एमालेले भीम रावललाई साधारण सदस्य नरहने गरी पार्टीबाट हटायो

एमालेले भीम रावललाई साधारण सदस्य नरहने गरी पार्टीबाट हटायो

पौष १० गते,काठमाडौं – एमालेले भीम रावललाई संगठित सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । आज बसेको एमाले सचिवालय बैठकले उनलाई पार्टी हटाएको हो।

एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङबाट पार्टीका लागि जग्गा दानमा लिएको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

आजको सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको एमालेले जनाएको छ । 

“अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएकाले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ,” पार्टी बैठक पछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

रावल १०औँ महाधिवेशनमा केपि शर्मा ओली सँग अध्यक्षमा प्रतिस्प्रधा गरी पराजित भएका थिए । अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य अस्वीकार गरे । त्यसपछि पार्टीले सल्लाहकार परिषद्‌मा जिम्मेवारी दिए पनि बस्न अस्वीकार गरेका थिए ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love