२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

गुरुङसँग जग्गा दान लिने एमाले निर्णय विरुद्ध बोल्ने विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

गुरुङसँग जग्गा दान लिने एमाले निर्णय विरुद्ध बोल्ने विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

पौष १० गते,काठमाडौं -नेकपा (एमाले)ले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गरेको छ ।

आज बसेको सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो ।

व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषयमा टिप्पणी गरेपछि एमालेले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । 

“उहाँहरूको स्पष्टीकरणमा गल्तिसुइकर गरेको देखिएन,” यसैले निलम्बन गर्नु परेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठक पछि भने ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love