२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

प्रधानमन्त्री र प्रहरी प्रमुखले बोलेको भिडियो इजलासमै देखाए रविका कानुन व्यवसायीले

प्रधानमन्त्री र प्रहरी प्रमुखले बोलेको भिडियो इजलासमै देखाए रविका कानुन व्यवसायीले

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट उनका कानुन व्यवसायीहरुले जिल्ला अदालत कास्कीमा बहस गरेका छन् । यसअघि सरकारी वकिलले गरेको तर्कलाई खारेज गर्नुपर्ने माग गर्दै सोहीअनुसार आदेश भए न्याय मर्ने तर्क कानुन व्यवसायीले गरेका छन् ।

लामिछानेका तर्फबाट बहसका लागि पोखरा पुगेका अधिवक्ता यज्ञमणि न्यौपानेकाअनुसार वरिष्ठ अघिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशील पन्तलगायतले बहस गरेका थिए ।

उनीहरुले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रमुख वसन्त कुँवरले संसदीय समितिमा दिएको अभिव्यक्तिको भिडियो पनि प्रस्तुत गर्दै राज्यले नियतवश लामिछानेलाई थुनिरहेको बताएका थिए ।

उनले राज्यको नियत नै खराब रहेको तर्क गर्दैै लामिछानेलाई छाड्नुपर्ने तर्क राखेका थिए ।

उनीहरुले पुरक अभियोग र थप अभियोगबीचको फरकको सम्बन्ध पनि उठाएका थिए भने हदम्यादको बारेमा पनि बहस गरिएको न्यौपानेले जानकारी दिए ।

“यसअघि बहस गर्ने कानुन व्यवसायीले सत्ताका लागि चलखेल हुने हुँदा थुनामा राख्नुपर्छ भन्ने तर्क गर्नुभएको छ, त्यस्तो तर्कले न्याय मर्छ भन्ने कुरा उठेको छ,” उनले भने, “मन्त्री र प्रधानमन्त्री हुन सक्ने सम्भावना रहेको हुँदा थुनामै राखिनुपर्छ भन्ने तर्क खारेज गरिनुपर्ने कुरा उठेको छ ।”बाह्रखरी

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love