पुष २२ गते,काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो । आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।
सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
सरोकारवाला पक्षसँगको परामर्शमा पनि यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायत सूचकहरूमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा बढाउनुपर्ने देखिएको विभागको भनाइ छ ।
यसअघि, सरकारले ०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो ।
कहाँ को भाडा कति ?
पिडिएफमा हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
2a6627a2-4753-4105-896b-1f5cb70be267_1
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क