२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

३४ बन्धकलाई रिहागर्न हमास तयार,विपीनको अवस्था के होला ?

३४ बन्धकलाई रिहागर्न हमास तयार,विपीनको अवस्था के होला ?

काठमाडौं । गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ ।

बीबीसी संवाददाता जोनाह फिशरका अनुसार, हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकको सूची बीबीसीसँग साझा गरेका छन् । इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको ती अधिकारीले बताए ।

यीमध्ये कति बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

सूचीमा रहेका नामहरूमा १० महिला र ५० देखि ८५ वर्षका ११ बन्धक छन् । केही युवा पुरुषको नाम पनि सूचीमा छ, जसलाई हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो ।

हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले भने हमासले बन्धकको सूची अझै उपलब्ध नगराएको जनाएको छ ।

इजरायलले यसअघि कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको जनाएको थियो । इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविरामका विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो ।

गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले आइतबार विगत २४ घण्टामा गरिएको आक्रमणमा ८८ जनाको ज्यान गएको जनाएको छ ।

आइतबार इजरायली सेनाले गाजापट्टीमा पछिल्ला दुई दिनमा १०० भन्दा बढी ‘आतंकवादी अड्डा’मा आक्रमण गरिएको र ‘दर्जनौँ हमास आतंकवादीलाई मारिएको’ जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

नेपाली विद्यार्थी विपीन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । रिहा गरिने भनिएको उक्त ३४ बन्धकको सूचीमा विपीनको नाम भए/नभएको स्पष्ट छैन । बीबीसीको सहयोगमा

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love