२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

पुष २३ गते,काठमाडौँ —खानी तथा भूगर्भ विभागका अनुसार मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ। नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बु प्रहरीले ठूलो धक्का महसुस भएको र क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको बताएको छ ।

भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love