२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

रवि लामिछानेको नामबाट ७५ लाख विदेश पठाएको प्रमाण फेलापरेको छ

रवि लामिछानेको नामबाट ७५ लाख विदेश पठाएको प्रमाण फेलापरेको छ

पुष २३ गते, काठमाडौँ – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको फेला परेको हो । 

२०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत सो रकम पठाएको जिकिर गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका उनले बताएका छन् ।

२०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

लामिछानेले विदेश पैंसा पठाएको विवरण

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love