२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

निकिताले इजलासमै रविलाई किन लगाइन अबिरको टिका ?

निकिताले इजलासमै रविलाई किन लगाइन अबिरको टिका ?

पुष २९ गते, काठमाण्डौं-कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटीमा छुटेपछि रवि आइतबार काठमाडौं अदालतमा उपस्थित भएका थिए । आइतबार उनको बयान मात्रै भयो । थुन्छेक बहस नभएकाले हिजो उनी रिहा भएन ।

बयानपछि  न्यायाधीश माधवप्रसाद अधिकारीले रविलाई साँझ काठमाडौं जिल्ला प्रहरी परिसरमा न्यायिक हिरासतमा पठाइएको थिए । त्यसपछि आज(सोमबार) अदालतमा उनको थुनछेक बहस सुरु भएको छ ।

यता थुनछेक बहस सुरु हुँदै गर्दा रविकी पत्नी निकिता पौडेलले पती रविलाई रातो टीका लगाइदिएकी छन् । सोमबारबाट स्वस्थानी व्रत आरम्भ भएकाले त्यसको टीका रविलाई लगाइदिएको उनले भनेकी छन् ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love