२०८२ असार ३० सोमबार
14 July 2025, Monday
Menu
 

सहकारीले ऋणी सदस्यको सम्पत्ति धितोमा बढी ऋण लिएर चलाउन नपाइने

सहकारीले ऋणी सदस्यको सम्पत्ति धितोमा बढी ऋण लिएर चलाउन नपाइने

पुष २९ गते, काठमाडौं -सहकारीले ऋणीको सम्पत्ति धितोमा राखी अन्य निकायबाट ऋण लिँदा ऋणीले लिएको ऋणभन्दा बढी ऋण लिन रोक लगाइने भएको छ ।

अहिले सहकारी संस्थाले तेस्रो पक्ष धितोमा आफ्ना ऋणी सेयर सदस्यको धितोमा उसले लिएको ऋणभन्दा बढी ऋण लिएर भुक्तानी नगर्ने र संस्था सञ्चालकले दुरुपयोग गरेको ऋणको दायित्व उक्त ऋणीले लिनुपर्ने अवस्था छ ।

सहकारीका सञ्चालकले ऋणी सदस्यको सम्पत्तिलाई तेस्रो पक्ष धितो राखेर सहकारी बैंक वा अन्य निकायबाट ऋण लिने तर समयमा भुक्तानी नगर्ने अवस्था छ ।

त्यस्तो सहकारीबाट लिएको ऋण भुक्तानी गर्दा पनि सहकारीले ऋण नतिर्दा धितो दिने सदस्य पीडित बनिरहेका छन् । यस्तोमा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशन तथा मापदण्ड मार्फत राष्ट्र बैंकले त्यसमा रोक लगाउन लागेको हो ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Spread the love