२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

सहकारीले प्राथमिक पूँजीको १५ गुणासम्म बचत संकलन गर्न पाउने

सहकारीले प्राथमिक पूँजीको १५ गुणासम्म बचत संकलन गर्न पाउने

पुष २९ गते, काठमाडौं -नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले प्राथमिक पूँजीको १५ गुणासम्म मात्रै बचत संकलन गर्ने व्यवस्था गर्न लागेको छ ।

सोमबार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी एकीकृत निर्देशन तथा मापदण्डको मस्यौदामा उक्त प्रस्ताव गरेको हो ।

यस्तै सहकारी संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको ५ प्रतिशतसम्म वा पूँजीकोषको बढीमा सय प्रतिशतसम्म (जुन कम हुन्छ त्यो सीमासम्म) ऋण लिन सक्ने व्यवस्था गर्ने प्रस्तावित निर्देशनको मस्यौदामा उल्लेख छ ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको सहकारी सम्बन्धी अध्यादेशमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सहकारीमा प्रतिव्यक्ति बचत सीमा तोक्ने भएको हो ।

एक जिल्ला कार्यक्षेत्र भएको सहकारी संस्थाले प्रतिव्यक्ति अधिकतम १० लाखसम्म बचत संकलन गर्न सक्ने छ । त्यस्तै एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएको २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको सहकारीलाई प्रतिव्यक्ति ५० लाखको बचत सीमा तोक्ने भएको हो ।

वित्तीय स्रोत संकलन सीमा अनुगमन गर्ने प्रयोजनका लागि अघिल्लो त्रैमासमा कायम रहेको प्राथमिक पूँजीकोष, पूँजीकोष र सम्पत्ति आधार मानिने प्रस्तावित निर्देशनमा उल्लेख छ ।

यस्तै सेयर सदस्य भएको तीन महिनापछि मात्रै उक्त सदस्यलाई ऋण लगानी गर्न सक्ने व्यवस्था गर्न लागिएको हो ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love