२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

कुन खानेकुरा सँग के मिसाएर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ?

कुन खानेकुरा सँग के मिसाएर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ?

माघ १ गते, काठमाण्डौं-मानिसको जीवनमा खानाको महत्त्वपूर्ण भूमिका रहन्छ । खाना बिना मानिस लगायत जीवित प्राणी लगायत बोटबिरुवा कसैको पनि जीवन सम्भव छैन । तर त्यही खानाको सही तरिकाले खान जानिएन भने हाम्रो शरीरलाई असर गर्ने पनि हुन्छ । हाम्रो दैनिक जीवनमा हामी विभिन्न खानेकुरा मिसाएर वा एकै समयमा खाने गर्छौं । विभिन्न फलफूल तथा खाना खाने समय र परिस्थिति अनुसार तिनीहरूले हाम्रो शरीरमा गर्ने फाइदा बेफाइदा पनि फरक हुन्छन् ।

त्यसमा पनि फरक -फरक फलफूल तथा खानेकुरा एकैपटक खाँदा वा मिसाएर खाँदा तिनीहरूमा पाइने फरक फरक पोशाक तत्वले हाम्रो शरीरलाई अनुकूल नहुने अर्कै तत्वको विकास गरी असर पुर्याउने पनि हुन सक्छ । यहाँ केही खानेकुरा खाने समय,अवस्था र मिसाएर खान नहुने खानेकुरा बारे यहाँ चर्चा गर्ने छौँ ।

खानापछि फलफूल

फलफूलमा हुने सुगर जुन पचाउन सयम लाग्दैन । प्रोटीन, स्टार्च र फ्याटले भरिपूर्ण फलफूलहरु पचाउन निकै समय लाग्छ । खानापछि फलफूल खायौ भने हाम्रो पेटमा फलफूलमा भएको सुगर हाम्रो पेटमा रहिरहन्छ र हाम्रो स्वास्थ्यमा नोकसान पुर्याउँछ । तर खाना खानुभन्दा पहिले भने हामी फलफूल खान सक्छौ । तर पूर्णरुपमा खाली पेटमा कहिल्यै पनि फलफूल खानुहुदैन ।

चिज पास्तामा टमाटर

टमाटरमा भएको एसीड र पास्तामा भएको स्टार्ची काब्र्सको कम्बीनेसन राम्रो हुदैन । झन यसमा चिज मिलाएर खायौ भने हामीले पचाउन पनि सक्दैनौ । पेस्टो सस र सागसब्जीसँग पास्ता खानु उपयुत्त हुन्छ ।

दहीसँग फलफूल

आयुर्वेदका अनुसार दहीसँग मेवा , अनार लगायतका फलफूल खानाले शरिरमा टक्सीन्स पैदा हुन्छ । जसले रुघाखोकी र एलर्जी हुने गर्छ । दहीसँग यी फलफूल खानबाट बच्ने गर्नुहोस् । तर हामी दहीसँग केरा भने खान सक्छौ । जसमा चिनी , दालचिनी र किसमिस पनि मिलाउन सकिन्छ ।

बोडी र चिज

चिज र बोडीलाई एक साथ मिलाएर कहिल्यै पनि नखानुहोस् । यसलाई सँगै खादा पेटमा ग्यास भरिने र ब्लोटीङ को समस्या हुन्छ ।

दुध र केरा

दुध र केरालाई पनि कहिल्यै सँगै नखानुहोस् । आयुर्वेदमा यसको कम्बीनेशन राम्रो मानिदैन । जसलाई डाईजेशनको समस्या छ उनीहरुले त झनै बिर्सेर पनि खानु हुदैन । तर दुधसँग केरालाई मजाले पकाएर खानुभयो भने राम्रो हुन्छ । यसमा अलाईची पनि हाल्नुहोस् जसले स्वाद बढाउँछ ।

ग्रिल्ड चिल्ड सेन्डवीच

यी दुई खानेकुरा सँगै खानले डाईजेशनको समस्या हुन्छ । प्रोटीन र ग्लुकोज दुवैको लागी डाईजेशनको लागी भिन्दा भिन्दै ईन्जाईमको आवश्यकता पर्छ । जब हामी यी दुईलाई एक साथ खान्छौ हाम्रो शरिरले पहिले प्रोटीनलाई डाईजेस्ट गर्छ । यो अवस्थामा ग्लुकोज नपचेरै लामो समयसम्म हाम्रो पेटमा नै रहन्छ ।यसको लागी हामीले एक उपाय भने अपनाउन सक्छौ । सैन्डविचको ठाउँमा चिजलाई हरियो सलादसँग खानाले डाईजेशन राम्रो हुन्छ ।

दलिय खानेकुरा र सुन्तलाको जुश

फलफूलमा भएको एसिडले दलीय खानेकुरा या कार्नफ्लेक्स जस्ता खानेकुरामा पाउने डाईजेस्टीव स्टार्चसँग मिलेर त्यसलाई बिगार्छन् । ओटमिलमा दुध पनि हुन्छ । दुधसँग एसीडको कम्बीनेसनले हाम्रो शरिरलाई नोक्सान गर्छ ।

यदि तपाई सुन्तलाको जुश पिउन चाहानुहुन्छ भने खनान खानु भन्दा आधा घण्टा पहिले पिउने गर्नुहोस् ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love