२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने पक्राउ

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं प्रहरीले त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई आज (शुक्रबार) पक्राउ गरेको हो ।

उनलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

सो दिन अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love