२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

इजरायल सरकार संकटमा, रक्षामन्त्रीले राजीनामा दिँदै भने– आतंकवादको विजय

इजरायल सरकार संकटमा, रक्षामन्त्रीले राजीनामा दिँदै भने– आतंकवादको विजय

काठमाडौं । इजरायल र हमासबीच युद्धविराम भएसँगै इजरायलको सरकार समस्यामा परेको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान इजरायल र हमासबीच गाजामा सुरु भएको युद्धविरामप्रति असन्तुष्टि जनाउँदै इजरायलका रक्षामन्त्री इटामार बेन ग्विरले राजीनामा दिएपछि सरकार समस्यामा परेको हो ।

हमासले इजरायललाई बन्धकहरूको सूची हस्तान्तरण गरेपछि गाजामा इजरायल र हमासबीच युद्धविराम लागु भएको थियो । त्यसलगत्तै रक्षामन्त्री इटामार बेन ग्विर, यित्जाक वासेरलोफ र इमिहाई एलियाहुले राजीनामा दिएका थिए ।

इजरायलको अति–दक्षिणपन्थी ज्यूज पावर पार्टीले युद्धविराम सम्झौताको विरोध गर्ने र सरकारबाट समर्थन फिर्ता लिने बताएको छ । अब इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग संसद्मा झिनो बहुमत रहेको छ ।

रक्षमन्त्री इटामार बेन ग्विरले पहिलेखि नै युद्धविराम सम्झौताको विरोध गर्दै आएका छन् । उनी गाजामा हमासविरुद्ध इजरायलको सैन्य कारबाहीको पक्षमा छन् ।

प्रधानमन्त्री नेतान्याहूलाई लेखेको राजीनामा पत्रमा इटामार बेन ग्विरले सरकार ढाल्न काम नगर्ने तर युद्धविराम सम्झौताबाट असन्तुष्ट रहेको उल्लेख गरेका छन् । उनले सम्झौतालाई ‘आतंकवादको पूर्वविजय’ भनेका छन् ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love