२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

बामदेव गौतम एमालेमै फर्कने भन्छन् एकीकृत समाजवादी सँगको संवाद समाप्त भयो

बामदेव गौतम एमालेमै फर्कने भन्छन् एकीकृत समाजवादी सँगको संवाद समाप्त भयो

माघ ६ गते, काठमाडौं – वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने भन्दै बाँकी कुरा उतै सोध्न भनेका छन् ।

‘२ वर्ष भयो मैले प्रयत्न गरेको प्रधानमन्त्रीले वास्तै गर्नुभएको थिएन गौतमले भने, ‘तर यसपालि बोलाउनुभयो ठिकै छ ।’

गौतमका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले म फेरि सक्रिय भएर काम गर्ने अपेक्षा गरेको सुनाए ।

गौतमले अब एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको भन्दै एमालेमै लाग्ने बताए । ‘माधवजीसँग कुराकानी त भयो, तर एकीकृत समाजवादीबाट कतिपय आशंकाजस्तो व्यक्त गर्ने काम पनि भयो,’ गौतमले भने, ‘तर अब यी कुरा छाडिदिउँ । ओलीजीले छिटै खबर आउँछ भन्नुभएको छ ।’

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love