२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

फाल्गुन १ गते, काठमाण्डौ-नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०४ पैसा र बिक्रीदर नौ रुपैयाँ ०८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०६ पैसा र बिक्रीदर चार रुपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्री दर ३१ रुपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र बिक्रीदर रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्री दर १९ रुपैयाँ ४० पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३० पैसा र बिक्रीदर ४५१ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६५ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ९१ पैसा रनिर्धारण भएको छ। र

यस्तै भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।  

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love