२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने

ढाका, चैत। बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतको आसन्न लोकसभा चुनाव सम्पन्न भएपछि भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री हसिनाले चुनावपछि भारत भ्रमण गर्ने जानकारी बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले बताउनुभएको छ । 

उहाँका अनुसार भ्रमणको आधिकारिक मिति भने अझै तय भइसकेको छैन । प्रधानमन्त्री हसिनाको भारत भ्रमण जुन महिनामा हुने भनी गरिएका अनुमानबिच यस्तो घोषणा आएको हो । बङ्गलादेशको पछिल्लो आमनिर्वाचनबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि हसिनाको पहिलो औपचारिक विदेश यात्रा हुनेछ । 

भ्रमणले द्विपक्षीय सम्बन्धको सुदृढीकरणलाई जोड दिँदै व्यापार, सुरक्षा, क्षेत्रीय सहयोगलगायत विभिन्न पक्षमा सहकार्य गर्दै कूटनीतिक सम्बन्ध प्रगाढ बन्ने विश्वास लिइएको छ । बङ्गलादेश र भारतबिचको सम्बन्धको रणनीतिक महत्वलाई ध्यानमा राख्दै भ्रमणले आपसी हितका विभिन्न द्विपक्षीय तथा क्षेत्रीय मुद्दाहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

भ्रमणको तयारीका बारेमा समाचार सार्वजनिक भएसँगै बङ्गलादेश र भारतबिचको साझेदारीमा प्रगतिशील आयाम थपिने विश्वास दुबै देशका शुभचिन्तकले व्यक्त गरेका छन् । रासस

Share on Social Media