२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

स्लोभाकियाका प्रधानमन्त्री माथि सांघातिक हमला, ७१ वर्षीय वृद्ध संदिग्ध आक्रमणकारी

स्लोभाकियाका प्रधानमन्त्री माथि सांघातिक हमला, ७१ वर्षीय वृद्ध संदिग्ध आक्रमणकारी

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको गोली लागेर अस्पतालमा जीवनको लागि लडिरहेका छन् ।

आक्रमणपछि रोबर्ट फिकोलाई अस्पताल लगिएको थियो । उनलाई ब्राटिस्लाभा जस्तो सानो सहरमा गोली हानिएको थियो । बुधबार साँझ रक्षामन्त्री रोबर्ट कालिनाकले रोबर्ट फिकोलाई गोली लागेपछि तीन घण्टाको शल्यक्रिया गरिएको र ‘खराब’ अवस्था रहेको बताए।

स्लोभाकियाका राष्ट्रपति र अन्य राजनीतिज्ञहरूले गोलिप्रहार ‘लोकतन्त्रमाथिको आक्रमण’ भनेका छन्।

घटनास्थलबाट कथित आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ तर प्रशासनले औपचारिक रूपमा पहिचान गर्न सकेको छैन।

राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभामा स्थानीय समय अनुसार दिउँसो २ः३० बजे आक्रमण भएको हो । त्यतिबेला प्रधानमन्त्री फिको सरकारी बैठक सकिएर सांस्कृतिक सामुदायिक केन्द्रमा अभिवादन गर्दै थिए । विविसी हिन्दीको सहयोगमा

Share on Social Media