२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटना नभएर सुनियोजित घटना पनि हुन सक्ने बताएका छन्

अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटना नभएर सुनियोजित घटना पनि हुन सक्ने बताएका छन्

जेष्ठ ७ गते सोमबार, काठमाण्डौं – अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । उनका अनुसार यो दुर्घटना नभएर सुनियोजित घटना पनि हुन सक्ने बताएका छन्।

सिनेटका वरिष्ठ डेमोक्र्याट सांसद चक शुमरले हेलिकप्टर दुर्घटनाको पछाडि कुनै षड्यन्त्र छ भनेर अहिले नै भन्न नसकिने बताएका छन् ।

सुमरले भने, ‘अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन जसको आधारमा हेलिकप्टर दुर्घटनाको पछाडि षड्यन्त्र थियो भनेर भन्न सकिन्छ ।

“उत्तर-पश्चिम इरानमा मौसम धेरै खराब थियो जहाँ हेलिकप्टर दुर्घटना भयो। यो दुर्घटना जस्तै देखिन्छ। तर यस दुर्घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दुर्घटनाबारे जानकारी दिइएको छ। आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको थियो ।

इरानी राष्ट्रपति रायसीको खोजीमा ठूलो मात्रामा खोज अभियान चलिरहेको छ । बिबिसी हिन्दीको सहयोगमा

Share on Social Media