२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४ पुग्यो

गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४ पुग्यो

प्यालेस्टिनी क्षेत्र, जेठ २७ गते । इजरायल र प्यालेस्टिनीबिच आठ महिनाभन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तीमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको छ । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार चार सय ९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । रासस/एएफपी

Share on Social Media