२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

रुसको नदीमा डुबेर मृत्यु भएको तीन भारतीय विद्यार्थीको शव स्वदेश फिर्ता

रुसको नदीमा डुबेर मृत्यु भएको तीन भारतीय विद्यार्थीको शव स्वदेश फिर्ता

मुम्बई (महाराष्ट्र), जेठ ३२ गते । रुसको नदीमा डुबेका तीन भारतीय विद्यार्थीको पार्थिव शरीर बिहीबार राती मुम्बई एयरपोर्ट ल्याइएको छ।

रुसको भेलिकी नोभगोरोडमा अवस्थित यारोस्लाव–द–वाइज नोभगोरोड स्टेट युनिभर्सिटीमा अध्ययनरत चार भारतीय विद्यार्थीहरू जुन ७ मा भोल्कोभ नदीमा डुबेका थिए ।

तीन विद्यार्थीहरू जिसन अस्पक पिन्जारी, जिया फिरोज पिन्जारी र हर्षल अनन्तराव देसाको शव भारत फिर्ता ल्याइएको हो ।

रुसस्थित भारतीय दूतावासले गत हप्ता शुक्रबार एक विज्ञप्ति जारी गर्दै नागरिकहरुलाई जलाशयहरूमा जाँदा अत्यन्त सावधान रहन आग्रह गरेको थियो ।

“रुसमा समय–समयमा यस्ता दुर्भाग्यपूर्ण घटनाहरू भइरहेका छन् । यस्ता घटनामा यस वर्ष अहिलेसम्म चार जना भारतीय विद्यार्थीको ज्यान गइसकेको छ’’, मस्कोस्थित भारतीय दूतावासले जनाएको छ ।

“सन् २०२३ मा दुईवटा घटना र सन् २०२२ मा डुबेर भारतीय विद्यार्थीहरूको मृत्यु भएको छ वटा घटना थिए’’, केही विगतका तथ्याङ्कहरूलाई उद्धत गर्दै दूतावासले जानकारी गरायो ।

दूतावासले रुसमा रहेका भारतीय विद्यार्थीहरूलाई समुद्र तट, नदी, ताल, पोखरी र अन्य जलाशयहरूमा जाँदा अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ। विद्यार्थीहरूलाई यस सन्दर्भमा सबै आवश्यक सावधानी र सुरक्षा उपायहरू अपनाउन सल्लाह दिइन्छ ।

विदेश मन्त्रालयले रुसको विश्वविद्यालयमा अध्ययनरत महाराष्ट्रको जलगाँव जिल्लाका चार भारतीय विद्यार्थी भोल्कोभ नदीमा डुबेर मृत्यु भएको र पाँचौँ विद्यार्थीलाई सुरक्षित उद्धार गरिएको बताएको थियो । रासस/एएनआई

Share on Social Media