२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

प्याउली बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

प्याउली बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भोजपुर, असार १६ गते । अरुण गाउँपालिका-३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । शनिवार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नुभएको हो ।

वडाले स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेका मापक र सुचांकहरु पुरा गरेसँगै वडालाई औपचारिक कार्यक्रम आयोजना गरी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको वडाध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरू पुरा गर्न वडा स्थित विद्यालय, बाल सञ्जाल, नागरिक समाज, राजनैतिक दल लगायत सरोकारवाला सबैको महत्त्वपूर्ण भूमिका छ, यसलाई आगामी दिनमा पूर्णता प्रदान गर्न समस्या र चुनौती थुप्रै छन् ।

वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसारका ५१ वटा सूचकहरू पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सूचक, संरक्षणको क्षेत्रमा १० वटा सूचक, बाल विकासमा ६ वटा सूचक, सहभागीमा ६ र संस्थागतमा जम्मा १५ वटा गरी ५१ वटा सूचक पूरा गरेको छ ।

पालिकालाई आगामी वर्ष स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्ने अभियान अन्तरगत प्याउलीबाट सुरुवात गरेको र यसका लागी आवश्यक तयारी गरिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकामा भएका सम्पूर्ण बालबालिका विरुद्ध हुने सबै खाले हिंसाहरू, यातनाहरू, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध गाउँपालिका बनाउन आफूहरू निरन्तर लागी परेका छौँ ।

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक , स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन निर्देशिका २०७८,घोषणा कार्यविधि २०७९, तथा विवाह सम्बन्धी विभिन्न ऐन कानुन, बालबालिका ऐन २०७५, बालश्रम निषेध ऐन २०५६, घरेलु हिंसा निषेध ऐन २०६६, अरुण गाउँपालिकाको बालबालिका सम्बन्धी नीति, नियम तथा आचारसंहिता २०८१ को पालना गर्दै अरुण गाउँपालिका ३ प्याउलीलाई पहिलो बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको उपाध्यक्ष विनीता ढकालले बताउनुभयो । कार्यक्रममा बोल्दै अरुण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडालाई दिगोपना दिन पालिकाको तर्फबाट सदैव सहयोग गर्ने प्रतिबद्धता जाएर गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा उपस्थित राजनैतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, बाल सञ्जालका प्रतिनिधि लगायत सरोकारवालाहरूले बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा हुनु गर्वको विषय भएपनि यसलाई कार्यान्वयनमा लान निकै चुनौती भएको बताएका छन् । यसलाई पूर्णता दिन आगामी दिनमा वडाले प्रत्येक कार्यक्रममा बालबालिकाको सहभागिता बढाउनु पर्ने, बजेट तथा नीति नियममा सहभागिता गराउनुपर्ने, बालबालिकासँग सम्बन्धित हक अधिकारका बारेमा पूर्ण जानकार भई कार्यान्वयन गर्नुपर्ने, बालबालिकाले पाउनुपर्ने नैर्सगीक अधिकारहरू शिक्षा, स्वास्थ्य, आवास लगायतका विषयमा विशेष जोड दिनुपर्ने सुझाएका छन् ।

बालमैत्री वडा घोषणा गर्नमा विभिन्न तवरबाट सहयोग गर्ने बाल सञ्जाल, महिला स्वयम् सेवीका, टोल विकास संस्था लगायतलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रम वडाध्यक्ष कुमार कार्कीको अध्यक्षतामा भएको थियो।गोप

Share on Social Media