२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अमेरिकामा गर्मीले जनजीवन प्रभावित

अमेरिकामा गर्मीले जनजीवन प्रभावित

न्युयोर्क, असार २३ गते। अमेरिकामा १३० मिलियन अर्थात् १३ करोड भन्दा बढी सर्वसाधारण तातो लहरको कारण प्रभावित भएका छन्। नेशनल वेदर सर्भिस (एनदब्लुएस) का मौसमविद् ज्याकब एशरम्यानका अनुसार बढ्दो तापक्रमले प्रशान्त उत्तरपश्चिम, मध्य-एट्लान्टिक र उत्तरपूर्वी भागको तापमान एक सय डिग्री फरेनहाइट भन्दा माथि पुग्ने अनुमान छ।

‘प्रशान्त उत्तरपश्चिम क्षेत्रमा, ओरेगन राज्यको यूजीन, पोर्टल्यान्ड र सलेम लगायतका सहरहरूमा रेकर्ड तोड्न सक्छ’, अलजजिरासँग अशेरम्यानले भन्नुभयो, ‘‘यसका साथै दर्जनौँ अन्य रेकर्ड बनाउन सक्ने हाम्रो अनुमान छ।’’

तापक्रम अझ बढ्ने सम्भावना

एनएसदब्लुका अनुसार दक्षिण पश्चिमका धेरैजसो भागमा शुक्रबारसम्म उच्च गर्मी हुनेछ।

बाल्टिमोर र मेरिल्याण्डका अन्य भागमा अत्यधिक गर्मी हुनसक्ने चेतावनी समेत दिइएको मौसम पूर्वानुमानले जनाएको छ। बाल्टिमोरका नेशनल वेदर सर्भिसका सल्लाहकार भन्नुहुन्छ, “गर्मीमाबाट बच्न प्रशस्त तरल पदार्थ पिउने र घामबाट टाढा रहनुका साथै बालबालिकाका लागि थप सावधानी अपनाउनुहोस्।’’ गोप

Share on Social Media