२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौँ, असार २३ गते । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष र सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घको व्यवस्थापनमा कैलालीको अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित गर्‍यो ।

गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउँदै तेस्रो भयो । महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनीले कर्णाली प्रदेशलाई १२–८ ले पन्छ्याउँदै तेस्रो बन्यो ।

विजेतालाई राखेपकी सदस्य एवम् प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घकी अध्यक्ष देवी आचार्यलगायतले पुरस्कार प्रदान गर्नुभयो । रासस

Share on Social Media