२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

चिनियाँ युवा बेरोजगारी दरमा सुधार

चिनियाँ युवा बेरोजगारी दरमा सुधार

बेइजिङ, साउन २ गते । चीनको अनिश्चित आर्थिक दृष्टिकोणबारे छलफल गर्न नीति निर्माताद्वारा बेइजिङमा बोलाएको बैठकपछि जून महिनामा चीनमा युवा बेरोजगारी घटेको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ ।

विकासमा असर पार्ने कडा कोभिड–१९ नियन्त्रण भएको १८ महिनाभन्दा बढी समय पछि, प्रत्याशित महामारी पछिको सुधार नेताहरूले आशा गरेकोभन्दा कमजोर भएको छ ।

युवाहरूमा बढ्दो बेरोजगारी विश्वको दोस्रो ठुलो अर्थतन्त्रले सामना गरेको अवरोधमध्ये एक हो । साथै भारी ऋणग्रस्त सम्पत्ति क्षेत्र र पश्चिमसँगको भूराजनीतिक तनावले भरिएको व्यापार यसको अर्को पाटो हो ।

तर १६–२४ वर्ष उमेर समूहका लागि बेरोजगारी दर गत महिना घटेर १३।२ प्रतिशतमा झरेको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस) ले बुधबार घोषणा गरेको छ, जुन मे महिनामा १४.२ प्रतिशतबाट थोरै सुधार भएको हो ।

विद्यार्थीहरू बाहेकको आँकडामा अधिकारीहरूले जनवरीमा नयाँ गणना विधिअन्तर्गत युवा बेरोजगारी तथ्याङ्क प्रकाशित गर्न पुनः सुरु गरेपछि रेकर्ड गरिएको तथ्याङ्कमा यो सबैभन्दा कम हो ।

अधिकारीहरूले कार्यप्रणालीको समीक्षाको आवश्यकतालाई उद्धृत गर्दै धेरै महिनाका लागि तथ्याङ्कको विमोचन स्थगित गर्नु अघि गत वर्ष जुनमा यो रेकर्ड २१.३ प्रतिशतमा पुगेको जनाएका थिए ।

२५–देखि २९ वर्ष उमेर समूहको बेरोजगारी दर जूनमा ६.४ प्रतिशत रहेकोमा एनबीएसले बुधवार अघिल्लो महिनाको ६.६ प्रतिशतबाट कम भएको जनाएको छ । हाल बेरोजगारी दर पाँच प्रतिशतमा स्थिर रहेको छ ।

यद्यपि एनबीएसको तथ्याङ्क सहरी क्षेत्रमा मात्र केन्द्रित भएकाले चीनको समग्र रोजगारीको अवस्थाको अपूर्ण विश्लेषण गर्दछ ।

राष्ट्रपति सी जिनपिङले मे महिनामा युवा बेरोजगारीको प्रतिरोधलाई “शीर्ष प्राथमिकता’’ मान्नुपर्ने बताउनुभएको थियो ।

गत महिना, ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेका छन् जसले रोजगार बजारमा कडा प्रतिस्पर्धा बढाउँदै छ ।

अधिकारीहरूले सोमबार जारी गरेका तथ्याङ्कले थप निराशाजनक आर्थिक वृद्धि र निरन्तर सुस्त उपभोगको सङ्केत गर्दछ ।

सोमबारदेखि, सी लगायत चिनियाँ नेताहरूले आर्थिक नीति छलफल गर्न बेइजिङमा बैठक गरिरहेका छन् । रासस/एएफपी

Share on Social Media