२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प

भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प

मिल्वाकी, साउन ४ गते । पूर्व अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आइतबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताउनुभएको छ ।

पेन्सिलभेनियामा आयोजित चुनावी र्‍यालीमा गोली प्रहारबाट घाइते हुनुभएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो “म आज राती यहाँ हुने थिइनँ।”

ट्रम्पले घटनाको स्मरण गर्दै भन्नुभयो “मैले चर्को आवाज सुनेँ र मेरो दाहिने कानमा चोट लागेको महसुस गरें । मैले तत्काल आफ्नो कानमा हात लगेँ जुन रगतले ढाकिएको थियो । हामीमाथि आक्रमण भइरहेको छ भन्ने मलाई तुरुन्तै थाहा भइहाल्यो ।”

सिक्रेट सर्भिसका कर्मचारीहरुले गोली चलिरहेकै अवस्थामा स्टेजमा पुगेर आफूलाई सुरक्षित स्थानमा लगेको उहाँले बताउनुभयो ।

मैले गोली प्रहार भएको अन्तिम क्षणमा टाउको नचलाएको भए हत्याराको गोली निशानामा लाग्ने थियो र म आज राती यहाँ हुने थिइनँ । हामी सँगै हुने थिएनौँ”, ट्रम्पले भन्नुभयो । रासस/एएफपी

Share on Social Media