२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

दर्जनौँ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

दर्जनौँ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

मस्को। रूसको सेनाले आइतबार राती दक्षिणी रोस्तोभ क्षेत्रमा करिब ५० सहित ७५ वटा युक्रेनी ड्रोन खसालेको रूसले सोमबार जनाएको छ ।

हवाई रक्षा प्रणालीले रोस्तोभमाथि ४७, ब्ल्याक सी र अजोभ समुद्रमा १७, बेलगोरोडको सीमावर्ती क्षेत्रसहित अन्य क्षेत्रमा ११ वटा ड्रोन रोकेको रक्षा मन्त्रालयले जनाएको हो ।

क्रास्नोडार क्षेत्रको ब्लाक सी सहर टुआप्सका क्षेत्रीय अधिकारीहरूले खसालिएको ड्रोनको भग्नावशेषले पेट्रोल प्रशोधन कम्पनीमा आगलागी भएको बताएका छन् ।

“किएभ शासनले पुनः टुआप्सको नागरिक पूर्वाधारमा ड्रोन आक्रमण गर्ने प्रयास गरेको क्षेत्रीय अधिकारीहरूले टेलिग्राममार्फत जनाएका छन् ।

प्रारम्भिक जानकारीअनुसार ती आक्रमणमा कसैको पनि हताहत भएको छैन ।

पछिल्लो समय रूसले दैनिकजसो युक्रेनी ड्रोनहरू रोक्ने घोषणा गरिरहेको छ भने किएभले फेब्रुअरी २०२२ मा मस्कोले सैन्य कारबाही सुरु गरेदेखि सैन्य तथा नागरिक लक्षित रूसी आक्रमणको जवाफ भएको बताएको छ । रासस/एएफपी

Share on Social Media