२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अपडेट : लेबनानमा इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

अपडेट : लेबनानमा इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

बेरुत (लेबनान)। लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या चार सय ९२ जना पुगेको बताएका छन् ।बिबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ ।

यसले कति हताहत सर्वसाधारण वा लडाकुहरू थिए भन्ने यकिन भएकाे छैन । त्यहाँ भएकाे याे घटना २० वर्षकाे द्वन्द्वको सबैभन्दा घातक दिन भएकाे समेत जनाएकाे छ ।

यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले पत्रकार सम्मेलनमा भन्नुभयो, “लक्षित क्षेत्रहरुबाट हजारौँ परिवार विस्थापित भएका छन् ।” उहाँका अनुसार हिजबुल्लाह पेजर र वाकी-टाकीहरु विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरु हिंसामा तानिएका थिए । इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी सहर र गाउँहरुमा इजरायली शत्रुको आक्रमण’ ले ‘एक सय ८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ । मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरु पनि छन् ।

विश्व शक्तिहरले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरुमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्ररुपमा सरेको छ । बीबिसी

Share on Social Media