२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार

गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार

हेलसिङ्की, मङ्सिर १५ गते । गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्यान्डमा दुई करोड ७० लाख यूराेको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्यान्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

फिनल्यान्डमा गुगलले आफ्नो पहिलो डाटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डाटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा

Share on Social Media