२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

इजरायले हिजबुल्लाह सँग युद्धविरामको परीक्षण गर्दै

इजरायले हिजबुल्लाह सँग युद्धविरामको परीक्षण गर्दै

मङ्सिर १८ गते, काठमाण्डौं-इजरायली सेना र हिजबुल्लाहल बीच गोलाबारी भएको छ ।भारी इजरायली आक्रमणले दक्षिणी लेबनानमा कम्तिमा ११ व्यक्तिको मृत्यु भएको जनाइएको छ। यो गोलाबरीले गत हप्ता लागू भएको युद्धविरामलाई चुनौती दिएको छ ।

इजरायलको सेनाले मध्य र उत्तरी गाजामा भएको आक्रमणमा कम्तीमा नौ जना मारिएपछि दक्षिणी खान युनिसका केही भागहरूमा प्यालेस्टाइनीहरूलाई जबरजस्ती विस्थापित गर्न नयाँ आदेश जारी गरेको थियो।

गाजामा इजरायलको नरसंहारले अक्टोबर ७,२०२३ यता कम्तिमा ४४,४६६ प्यालेस्टाइनीहरूलाई मारेको छ र १०५३५८ घाइते भएका छन्। त्यस दिन हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा कम्तिमा ११३९ जना मारिएका थिए, र २०० भन्दा बढी बन्दी बनाएका थिए।

लेबनानमा, गाजामा युद्ध सुरु भएदेखि इजरायली आक्रमणमा कम्तिमा ३९६१ व्यक्ति मारिएका छन् र १६५२० घाइते भएका छन्।अलजजिराको सहयोगमा

Share on Social Media