२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

न्युयोर्क । न्युयोर्कको अदालतले अमेरिकी पूर्वराष्ट्रपति तथा सन् २०२४ को राष्ट्रपति निर्वाचनका उमेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिका निम्ति क्षतिपूर्तिस्वरूप एक करोड डलरभन्दा बढी माग गरेकी छन् ।

फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उल्लेख गरेका छन् ।

तीन घण्टाभन्दा केही कम समयको सुनुवाइपछि अदालतले आफ्नो निर्णय सुनाएको हो । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर (अन्यत्रै) थिए ।

न्युयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाइ र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशको बाढी ल्याएका थिए । रासस/एएफपी

Share on Social Media