२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अमेरिकामा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताइयो, कम्तीमा १० जनाको मृत्यु 

अमेरिकामा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताइयो, कम्तीमा १० जनाको मृत्यु 

काठमाडौँ —अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा कार जोताइँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका सीएनएनले जनाएको छ ।

न्यु अर्लियन्सको बर्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताएलगत्तै चालक कारबाहिर निस्केर गोली प्रहार गर्न सुरू गरेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई लक्ष्य गरी जवाफी फायर गरेको थियो । गोली लागेका दुई प्रहरी अधिकारी घाइते भएका न्यु अर्लीयन्सका प्रहरी प्रमुखले जनाएका छन् ।

प्रहरी प्रमुख एनी किर्कप्याट्रिकले सन्दिग्ध आक्रमणकारीले तयारीका साथ भीडमा गाडी चलाएको बताइन् । ‘उसले सकेसम्म धेरै मानिसहरूमाथि गाडी कुदाउने प्रयास गरेको थियो,’ उनले भनिन् ।

घटनाबारे संघीय जाँच ब्युरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको जनाइएको छ । एफबीआईका विशेष एजेन्ट अल्थिया डन्कनले घटनास्थलमा सम्भावित विस्फोटक उपकरण फेला पारेको बताएका छन् ।एजेन्सी

Share on Social Media