२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

डोनल्ड ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकाल आरम्भ भएसँगै के -के कार्यकारी आदेश जारी भए ?

डोनल्ड ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकाल आरम्भ भएसँगै के -के कार्यकारी आदेश जारी भए ?

माघ ९ गते, काठमाण्डौ-डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकालको आरम्भ विभिन्न कार्यकारी आदेशहरू जारी गरेर गरेका छन्। पदभार ग्रहण गरेको केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसबाट विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेर अनुमोदन गरेका छन्।

उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरेका छन् भने लागुपदार्थ तस्करहरूको गिरोह, कार्टेलहरूलाई आतङ्कवादी संगठन घोषणा गरेका छन्।

यसअघि उनले भरिभराउ रङ्गशालामा बसेर एक चरणका कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए। मञ्चमा राखिएको डेस्कबाट उनले बाइडन प्रशासनले लागु गरेका झण्डै असीवटा प्रावधानहरूलाई उल्टाइ दिएका थिए भने प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए।

राष्ट्रपति बनेपछि ट्रम्पले के के कदम चाले

१.”डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी” नाम दिइएको सरकारी खर्च प्रभावकारीता सम्बन्धी विभागको स्थापना, जुन औपचारिक सरकारी विभाग भने होइन।

२.”लैङ्गिक विचारधाराबाट महिलाहरूको प्रतिरक्षा” र “संघीय सरकारमा जैविक सत्यताको पुनर्स्थापना”

३.विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने प्रकृयाको थालनी

४.अमेरिकाको दक्षिणी सिमानामा “राष्ट्रिय सङ्कटकाल” को घोषणा

५.टिकटक विरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक लगाउने कार्य

६.६ ज्यानुअरीको दङ्गामा संलग्नहरूलाई क्षमादान

७.”भूतपूर्व सरकारी अधिकारीहरूलाई निर्वाचनमा चलखेल गरेकोमा जिम्मेवार” ठहर गर्ने।

८.६ ज्यानुअरीमा क्यापिटल भवनमा दङ्गा गर्नेहरूलाई क्षमादान दिने।

९.राष्ट्रपति ट्रम्पले जारी गरेका यी आदेशहरू ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित गरिएको छ।

क्षमादान

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिइएको छ।

त्यस घटनामा उनका समर्थकहरूले त्यसबेलाको राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई उल्टाउने प्रयास गरेका थिए।

त्यसरी क्षमादान पाउनेमा ‘प्राउड बोइज’ नामक समूहका एकजना नेता एनरिके टारियो पनि छन्। उनले क्यापिटलमा भएको आक्रमणको नेतृत्व गरेका थिए र उनलाई बीस वर्षको जेल सजाय सुनाइएको थियो।

एकजना वरिष्ठ डिमोक्र्याट न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले दिएका क्षमादानलाई “लज्जाजनक” भनेर टिप्पणी गरेकी छन्। बीबीसीको सहयोगमा

Loading poll ...
Share on Social Media