२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

आज अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि

आज अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि

फाल्गुन १२ गते,काठमाडौं–नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।

केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ८९ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय चार रुपैयाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ र बिक्रीदर १३ रुपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६४ पैसा तय गरिएको छ।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने उल्लेख छ। रासस

Loading poll ...
Share on Social Media